×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

संयुक्त राष्ट्रसंघको गम्भीर चासो इथियोपियाको हिंसाबारे

संयुक्त राष्ट्रसंघको गम्भीर चासो इथियोपियाको हिंसाबारे

एजेन्सी-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा संकटकाल पनि लागेकोले यसबाट नागरिकहरु बाच्न पाउने तथा दैनिक अधिकारहरुमाथि असर परिरहेकोप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले यहाँ हिंसाको अन्त्य गर्न तथा अप्ठेरोमा परेका नागरिकलाई मानवीय सहायताका लागि तत्परता देखाउन पनि सरकारलाई आग्रह भनिएको छ । यहाँको हिंसामा सत्रुता बढ्दै जाँदा यसबाट इथियोपियाका नागरिकले नै दुःख पाउने भएकाले यसतर्फ सरकार तथा अरु विपक्षी तथा विद्रोहीहरुले सोच्नुपर्ने महासचिव गुटर्रेसको भनाई छ ।

विशेषगरी उत्तरी इथियोपियाको टिगरे क्षेत्रमा यस्तो हिंसाको अवस्था देखा परिरहेको छ । जसका कारण यहाँ मानवीय सहयताको खाँचो परेको छ ।बालबालिकादेखि महिलाहरु समस्यामा परेका छन् । सो क्षेत्रमा हिंसा जारी रहँदा यहाँका नागरिकले खाना, पानी र औषधि पनि पाउन नसकेको बताइएको छ । केही हप्तायतादेखि उत्तरी इथियोपियाको टिगरेलगायतका क्षेत्रमा संघर्ष जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्