×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तालिबानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त

तालिबानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त

एजेन्सी - तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडेतार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको बताइएको छ । सीमावर्ती जिल्ला गुस्तामा भएको उक्त अपरेसनको नेतृत्व गुप्तचर महानिर्देशनालय (जीडीआई) का प्रादेशिक प्रमुख डाक्टर बशीरले गरेका थिए ।
घटनापछि पाकिस्तानी सेनाले सोमबार राति कुनार प्रान्तमा तोपबारी प्रहार गरेको खबरलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ। पाकिस्तान र अफगानिस्तान बीच लगभग २,४०० किलोमिटर फैलिएको डुरान लाइनमा पाकिस्तानले लगभग आफ्नो तर्फको सिमामा काँडेतार लगाउने काम लगभग पूरा गरिसकेको जनाइएको छ ।   

प्रतिकृया दिनुहोस्