×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

वर्षाले फेरी रोकियो नेपाल र कुवेतबीचको खेल, नेपाल फाइनल खेल्ने लगभग पक्का

वर्षाले फेरी रोकियो नेपाल र कुवेतबीचको खेल, नेपाल फाइनल खेल्ने लगभग पक्का

काठमाडौं- नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । यदि पानी परेर डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ ।

कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।

यो खेलमा कुवेतलाई हराए नेपालले फाइनलमा यूएई अथवा ओमानसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्