काठमाडौ - अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिको एक भागको रूपमा यो निर्णय लिइएको हो।
अमेरिकी विदेश मन्त्रालयले दूतावासहरूलाई अर्को निर्देशन नआएसम्म विद्यार्थी भिसा जारी नगर्न निर्देशन दिएको छ। यो निलम्बन कहिलेसम्म रहनेछ भन्ने स्पष्ट छैन।
यो कदम अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूका लागि झट्का हो र यसलाई ट्रम्प प्रशासनले विश्वविद्यालय र विद्यार्थीहरूमाथि बढाउँदै लगेको दबाबको रूपमा हेरिएको छ।
भिसा आवेदकहरूले अब थप जाँचको सामना गर्नुपर्ने बताइएको छ।