काठमाडौं-बलिउडको पारिवारिक कमेडी चलचित्र 'थ्याङ्क गॉड' ले आफ्नो पहिलो दिन घरेलु बक्स अफिसमा करिब आठ करोड भारतीय रुपैयाँ कमाएको छ ।
अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह स्टारर फिल्म मंगलवार हलमा रिलिज भएको हो ।
‘थ्याङ्क गॉड’ लाई भूषण कुमार, कृष्ण कुमार, अशोक ठकेरिया, सुनीर खेतरपाल, दीपक मुकुट, आनन्द पण्डित र मार्कण्ड अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा यश शाह सह-निर्माताको रुपमा रहेका छन् ।
यो फिल्म अक्षय कुमार स्टारर फिल्म ‘राम सेतु’ सँगसँगै रिलिज भएको थियो ।