×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

डोल्पामा छायांकन सकेर काठमाडौं फर्कियो ‘बुलाकी’ टिम

डोल्पामा छायांकन सकेर काठमाडौं फर्कियो ‘बुलाकी’ टिम

काठमाडौं- चलचित्र ‘बुलाकी’को टिम डोल्पामा छायांकन सकेर काठमाडौं फर्किएको छ । कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यो चलचित्रको छायांकन तिहारलगत्तै डोल्पाबाट शुरु गरिएको छ । डोल्पापछि चलचित्रलाई मुगु र जाजरकोटका विभिन्न स्थानमा खिचिएको थियो ।

मोती बिष्टको प्रस्तुति र गोपाल बिष्टको लगानी रहेको ‘बुलाकी’ चलचित्रको निर्देशक लक्ष्मण सुनार हुन् । यो चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाईं, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतका कलाकारको अभिनय छ ।

प्रतिकृया दिनुहोस्