×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार ओटा उजुरी

रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार ओटा उजुरी

काठमाडौँ- चितवन–२ को उपनिर्वाचनमा मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार वटा उजुरी दर्ता भएका हुन् ।

स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि, र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधिका साथै सिन्धुली निवासी युवराज सफलले रविको उम्मेदवारीविरुद्ध उजुर गरेका हुन् । 

उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको दाबी गरेका छन् । यस्तै, उजुरीमा नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर पनि गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीको सम्बन्धमा सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधेर निर्वाचन आयोगमा पठाउने बताएको छ।

 

प्रतिकृया दिनुहोस्