काठमाडौं - आज थप १ हजार २ सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । आज ८ हजार ८ सय ९८ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ५८ जना तथा ३ हजार ४६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसै गरी आज थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ३ पुगेको छ । यस्तै आज थप १ हजार ८ सय ४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ४ प्रतिशत रहेको छ भने देशभरि गरी २८ हजार ६ सय ७८जना सक्रिय संक्रमित रहेका छन् ।