×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिन्दुराष्ट्र घोषणाका लागि आमरण तथा रिले अनसन हुदै

हिन्दुराष्ट्र घोषणाका लागि आमरण तथा रिले अनसन हुदै

भरतपुर- सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन नारायणगढस्थित नारायणी नदी किनारमा भोलि (शनिबार) देखि आमरण तथा रिले अनसन हुनेभएको छ । गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आव्हानमा अनसन सुरु हुन लागेको हो । अनसनका कार्यक्रम संयोजक तथा परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वजले तीव्ररुपमा धर्मान्तरण,संस्कार–संस्कृतिका सवालमा राज्य उदासिन बनेकाले दबाबका लागि अनसन सुरु गर्न लागिएको बताउनुभयो ।  आमरण अनसनमा अध्यक्ष प्रेमनिधिनै बस्नुहुनेछ ।

उहँकै अगुवाईमा २०७६ देखि नारायणी नदी किनारमा महाआरतीहुदै आइरहेको छ ।  १२ घण्टासम्म निराहार ब्रत बसेर आलोपालो गर्दै रिले अनसन सञ्चालन हुनेछ । रिले अनसनमा सनातन संस्कृति संरक्षणका अभियन्ताहरु, सर्वसाधरणहरु समेत सहभागि हुन सक्नेछन् । भोलिदेखि सुरु हुने अनसनस्थलमा भारत गोरखपुरको नाथ अखडाबाट पिठाधिस शिवनाथ योगी, झापादेखि व्यासाचार्य किशोर गौतम, काठ्माण्डौका डा. योगी चिन्तामणी, आचार्य जगन्नाथ कँडेल, देवघाटधामका पिठाधिसहरु लगायतको सहभागिता रहनेछ । राष्ट्रियस्तरका ६ र स्थानीयस्तरका ३ सहित ९ सुत्रिय माग राख्दै अनसन सुरु हुन लागेको हो ।

 सनातन हिन्दुराष्ट्र नेपलि घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी, पतञ्जली योग समिति चितवनका निर्वतमान अध्यक्ष रामप्रसाद ओस्ती, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सृजना अर्यालले धर्म संस्कृति जगेर्नाका लागि राज्य सकारात्मक बन्नुपर्नेमा जोड दिनुभयो । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म आमरण अनसन समेत भएको थियो ।

प्रतिकृया दिनुहोस्