×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिवपुरीमा लाग्याे आगाे, डढेलाे नियन्त्रण गर्न हेलिकप्टरले छर्कियाे पानी

शिवपुरीमा लाग्याे आगाे, डढेलाे नियन्त्रण गर्न हेलिकप्टरले छर्कियाे पानी

काठमाडौं -  काठमाडाै उपत्यका नजिकै रहेकाे शिवपुरी राष्ट्रिय निकुञ्जमा एकाएक आगाे लागेपछि डढेलो नियन्त्रणमा लिन हेलीकोप्टर प्रयाेग गरिएकाे छ । आज आइतबार बिहान करिब ११ बजेतिर डढेलो लागेको थाहा पाएपछि आगाे नियन्त्रण गर्न हेलिकप्टर प्रयाेग गरिएकाे हाे ।  बुढानीलकण्ठ नगरपालिका–१ को तौलुङ क्षेत्रबाट आगलागी सुरु भएको स्थानियहरूले बताइएका छन् ।

आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । डढेलो नियन्त्रणमा लिन समस्या भएपछि हेलीकोप्टरमार्फत पानी खसालिएको छ । सिम्रिक एयरको हेलीकोप्टर उँडाएर पानी खसालिएको हो । सुन्दरीजलबाट पानी ल्याएर डढेलो नियन्त्रणको प्रयास गरिएको छ ।

हेलिकोप्टरले एक पटकमा ५ सय लिटर पानी बोक्न मिल्छ । दमकलले भेट्ने ठाउँबाहेकका क्षेत्रमा हेलिकोप्टरबाट पानी हालिएको हो । प्रहरीका अनुसार डढेलो वस्ती छेऊमा आउन लागेकाले त्यसक्षेत्रमा दमकल राखिएको छ ।

प्रतिकृया दिनुहोस्