×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

करेन्ट लागेर ट्रक चालकको मृत्यु

करेन्ट लागेर ट्रक चालकको मृत्यु

काठमाडौं- कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर एक जना ट्रक चालकको मृत्यु भएको हो ।
नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक खुमबहादुर रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

प्रतिकृया दिनुहोस्