काठमाडौं- नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ। भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन।
यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ।
निगमले तत्काल मूल्य समायोजन नहुने विज्ञप्तिमार्फत प्रष्ट्याएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ।
जसअनुसार निमगलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ नोक्सानी छ । तर, निगमलाई पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मटितेलमा ३८ रुपैयाा ५८ पैसा र हवाइ इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तराष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रतिलिटरमा नाफा छ।