×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्रपाको अध्यक्षमा लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपाको  अध्यक्षमा लिङ्देन विजयी, कमल थापा पराजित

 काठमाडौं - राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई  हराउँदै लिङ्देन विजयी भएका हुन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।  अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्।
 

प्रतिकृया दिनुहोस्