×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवनियुक्त मुख्यमन्त्री पोखरेलद्वारा शपथ ग्रहण,

नवनियुक्त मुख्यमन्त्री पोखरेलद्वारा शपथ ग्रहण,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सपना पौडेलले शपथ ग्रहण गराएकी हुन् ।

मुख्यमन्त्री पोखरेलले दीपक मनाङे सहित अन्य ३ मन्त्रीको पनि शपथ ग्रहण गराएका हुन् । उनले नेपाली कांग्रेसका कुमार खड्का, माओवादीबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ गराएका हुन् । चारैजना मन्त्रीको विभाग तोकिएको छैन् ।

मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र , राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । 

प्रतिकृया दिनुहोस्