काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। विद्यार्थी तथा अभिभावकलाई नतिजा हेर्न सहज होस् भनेर बोर्डले विभिन्न वेबसाइट, एसएमएस र आईभीआर सेवाहरू तोकेको छ।
बोर्डले एक सूचना जारी गर्दै नतिजा प्रकाशनका लागि विभिन्न सरकारी तथा निजी संस्थाहरूसँग सहकार्य गरेको जनाएको छ।
१. एसएमएस र आईभीआरबाट नतिजा कसरी हेर्ने?
मोबाइलबाटै नतिजा थाहा पाउन सबैभन्दा पहिले आफ्नो मोबाइलको मेसेज बक्समा गई NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेख्नुहोस् र तल दिइएका मध्ये कुनै एक नम्बरमा पठाउनुहोस्:
नेपाल टेलिकम: १६००
जानकी टेक्नोलोजी: ३५००१
आकाश टेक: ३१००३
स्विफ्ट टेक्नोलोजी: ३४४५५
अल स्टार आईटी सोलुसन्स: ३४९४९
अन्य तरिका:
नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० मा सिधै डायल गरेर वा *1600# डायल गरेर पनि निर्देशनअनुसार नतिजा थाहा पाउन सक्छन्।
२. नतिजा हेर्न सकिने वेबसाइट तथा एपहरू
तल दिइएका वेबसाइट तथा मोबाइल एपहरूबाट पनि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ:
राष्ट्रिय परीक्षा बोर्ड: see.gov.np वा neb.gov.np
नेपाल टेलिकम: see.ntc.net.np
ई-कान्तिपुर: ekantipur.com
ई-सेवा: see.esewa.com.np
खल्ती एप (Khalti App)
एनसेल एप (Ncell App)
माइपे एप (MyPay App)
द कनेक्ट प्लस: theconnectplus.com
१२ खरी: 12khari.com
कलेज नेपाल: collegesnepal.com/see_result
स्विफ्ट टेक: swiftttech.com.np/see-result
निमा एकेडेमी: result.neemaacademy.com
कलेज इन्फो नेपाल: collegeinfonepal.com