×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसपिपीबारे अमेरिकाको जवाफ : नेपालको निर्णय अमेरिकालाई स्वीकार्य छ !

एसपिपीबारे अमेरिकाको जवाफ : नेपालको  निर्णय अमेरिकालाई स्वीकार्य छ !

काठमाडौँ- अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णय पूर्ण रूपमा स्वीकार्य रहेको अमेरिकाले स्पष्ट पारेको छ । 

एसपिपी अघि नबढाउने नेपाल सरकारको ६ असारको निर्णयअनुसारको पत्र पाएपछि अमेरिकाले यसबारे प्रतिक्रिया जनाएको हो । परराष्ट्रमन्त्री डा.नारायण खड्काले परराष्ट्र मन्त्रालयले एसपिपी अघि नबढाउने नेपाल सरकारको निर्णय ९ साउनमा पत्रमार्फत अमेरिकालाई जानकारी दिएको बताएका छन् । 

मन्त्रिपरिषद्को ६ असारको निर्णयअनुसार पत्राचार गर्न ढिलाइ भएको भन्दै सरकारको आलोचना भइरहेका वेला मन्त्री खड्काले शुक्रबार संसद्लाई जानकारी दिएका हुन् । 

अमेरिकाले पनि पत्र प्राप्त भएको पुष्टि गर्दै नेपाल सरकारको निर्णयलाई पूर्ण स्वीकार गर्ने प्रतिक्रिया दिएको छ । 

नेपालले पठाएको पत्रको तीन दिनपछि डोनाल्ड लु नेपाल आएका हुन् । अमेरिकी राजदूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विलकर्सनले भने, ‘हामीले एसपिपीबारे नेपाल सरकारबाट आधिकारिक रूपमा लिखित पत्र प्राप्त गरेका छौँ । हामी एसपिपीका सम्बन्धमा नेपाल सरकारको निर्णय पूर्ण रूपमा स्वीकार गर्दछौँ ।’ अमेरिकी सहायक मन्त्री लु शुक्रबारै नै फर्केका छन् ।

प्रतिकृया दिनुहोस्