काठमाडौं- शाहरुख खानको अभिनय रहने र इटलीको निर्देशन रहने फिल्मको नाम घोषणा भएको छ । यी दुईको सहकार्यमा तयार हुने फिल्म ‘जवान’ को औपचारिक घोषणा गरिएको हो ।
भिडियो मार्फत घोषणा गरिएको फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नडा गरी पाँच भाषामा रिलिज हुनेछ । फिल्म आउँदो वर्ष मात्र फिल्म प्रदर्शन हुनेछ । सार्वजनिक घोषणा गरिएको भिडियोमा शाहरूखको एक्सन अवतार देख्न सकिन्छ । उक्त भिडिओमा उनको आधा अनुहार ब्यान्डेजले छोपिएको छ ।
फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन् । फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ । दक्षिण भारतीय निर्देशक एटली कुमारले निर्देशन गर्ने फिल्ममा गौरी खानको लगानी रहनेछ । एजेन्सी