×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माधव नेपाललाई भेट्न शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड

माधव नेपाललाई भेट्न शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मङ्गलवार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउँसो देउवा र प्रचण्ड पुगेका हुन् ।

उनीहरूले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका नेताहरू निकट स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न १० पुससम्मको समय दिएकी छन् । चर सत्तारुढ दलभित्र शक्ति बाँडफाँटमा सहमति हुन सकेको छैन । नेताहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित प्रमुख पदलहरुमा प्याकेजमै सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्