×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कृषिमन्त्रीले संसदमा भने, असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ

कृषिमन्त्रीले संसदमा भने, असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ

काठमाडौँ-  सरकारले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएको छ । नेकपा एमालेले प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले किसानहरूले कहिलेसम्म किसानले आवश्यक रसाइनिक मल पाउँछन भनी प्रश्न गरेका थिए ।

जवाफमा कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल आइपुग्ने बताएका हुन् । जो सरकार आएपनि नेपालमा लामो समयदेखि मल अभावको समस्या झेल्दै आइरहेकाले वर्तमान सरकारले दीर्घकालीन समाधान गर्नेतर्फ ध्यान दिएको पनि बताएका छन् ।

जिटुजी मार्फत प्रत्येक वर्ष ५ लाख मेर्टिकटन मल ल्याउने गरी नेपालले पहल गरेको पनि उनले जानकारी दिए । उनी थप्छन्, ‘अब स्थायी समाधान निकाल्नुपर्छ । जिटुजी पनि अस्थायी समाधान मात्रै हो ।’ मल अभाव समस्याको दीर्घकालीन समाधानकालागि नेपाल आयल निगम जस्तै निकाय स्थपना गरेर जानुपर्र्ने सरकारको सोच रहेको उनले बताए ।

अर्कोतर्फ प्राङगारिक मल प्रदेश स्तरबाट उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले यो योजना अनुसार काम भएपछि रासाइनिक मलको प्रयोगमा कमी आउने र माटोको उर्वरा शक्ति पनि रासाइनिक मललले जस्तो माटो नबिगार्ने सरकारको बुझाई रहेको उनले सुनाए ।

पछिल्लो समय नेपालमा रासायनिक मलको अभाव हुनु अन्तर्राष्ट्रिय बजारमै अभाव रहनु पनि एक रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मल अभाव भएपछि भारतमा पनि मल अभाव भएको र त्यसको प्रभाव नेपालमा पनि परेको कृषि तथा पशुपंक्षी विकासमन्त्री यादवको जवाफ छ ।

प्रतिकृया दिनुहोस्