×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेयर हर्क साम्पाङको स्वर रहेको हाइकिङ गीतको विमोचन (भिडियोसहित)

मेयर हर्क साम्पाङको स्वर रहेको हाइकिङ गीतको विमोचन (भिडियोसहित)

काठमाडौँ- धरानमा हाइकिङ जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङसँग सम्बन्धित ‘हाइकिङ गीत’ सार्वजनिक गरेको छ।

सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई ९साम्पाङ०, उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रूपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडिओ समेत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो तथा गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार सँगै मेयर हर्क साम्पाङको समेत स्वर रहेको छ।

धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेको रहेको छ। धरानेहरुलाई नियमित रूपमा हाइकिङमा जान अभिप्रेरित गराउन मुख्य भूमिका खेल्नुहुने सेवक अभियानको अभियानले नै होला हामी धराने जाँगरिला भएर मेरो काममा सहयोग गर्न आएको भन्दै आफूले पनि स्वर भर्ने मौका पाएकोमा खुसी लागेको मेयर हर्क साम्पाङले बताए।

प्रतिकृया दिनुहोस्