×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको च्याम्पियन

भारतलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको च्याम्पियन

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले खेल सकिन ४२ बलअघि भेट्टायो ।

अस्ट्रेलियाका लागि ट्रेभिस हेडले शतक प्रहार गरे । १२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गर्दै एक सय ३७ रन बनाए । त्यसैगरी, मार्नस लाबसेनले ५८ रन जोडे । ११० बलको सामना गरेका उनले ४ चौका प्रहार गरे । चौथो विकेटका लागि हेड र लाबसेनले एक सय १९२ रनको साझेदारी गरेका थिए । सातौँ ओभरमा ४७ रनमा ३ विकेट गुमाएको अवस्थाबाट अस्ट्रेलियाले जित हासिल गरेको हो ।


अस्ट्रेलियाका लागि मिचेल मार्शले १५, स्टिभन स्मिथले ४, ग्लेन म्याक्सवेलले २ र डेभिड वार्नरले ७ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ तथा मोहम्मद शामी र मोहम्मद सिराजले १ विकेट लिए । त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

कसिलो बलिङ गरेको अस्ट्रेलियासामु निरिह बनेका भारतीय ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यो पहिलो खेल बन्यो ।


भारतका केएल राहुलले १ सय ७ बलमा एक चौका हान्दै ६६ रन बनाउँदा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली ५४ रनमा आउट भए । ६३ बल खेलेका विराटले चार चौका प्रहार गरे । कप्तान रोहित शर्मा ३१ बलमा तीन छक्का र चार चौकासहित ४७ रनमा आउट भए ।

शुभमन गिल ७ बल खेल्दै चार रन बनाएर पभेलियन फर्किए । सूर्यकुमार यादव २८ बल खेल्दा एक चौकासहित १८ रनमा आउट भए । श्रेयस ऐय्यर तीन बलमा ४ रन बनाएर आउट हुँदा रवीन्द्र जडेजाले २२ बल खेल्दै ९ रन बनाए ।

मोहम्मद सामी १० बल खेल्दै ६ रनमा आउट हुँदा तीन बल खेलेका जसप्रित ब्रुमराह १ रनमा पभेलियन फर्के । कुलदीप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे ।

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिदा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १–१ विकेट लिए । 

यसअघि सन्  १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछी उपाधी जित्ने सपना पुन अधुरै रह्यो ।

प्रतिकृया दिनुहोस्