×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र पक्राउ गरेको छाला सार्वजनिक गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिकास्थित देखतभुलीबाट प्रहरीले चितुवाको छालासहित बुधबार साँझ कुखुरा फार्ममा काम गर्ने डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र सोही ठाउँका २९ वर्षीय मोहन सार्कीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले चितुवाको आलो छालासहित पक्राउ गरिएको बताए ।

आठ फिट आठ इन्च लम्बाइ र तीन फिट चौडाइ भएको एउटा छाला तथा सात फिट दुई इन्च लम्बाइ तथा दुई फिट आठ इन्च चौडाइ भएको अर्को छाला गरी दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले छालासहित दुवै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाउने जनाएको छ ।

प्रतिकृया दिनुहोस्