काठमाडौं- रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको जहाज रोलिङको क्रममा टायर फ्लायटका कारण उडान र अवतरण अवरुद्ध भएको छ ।
उडान नं. ८५६ को भैरहवाबाट काठमाडौं आउँदै गरेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर फ्लायट भएको बुद्ध एयरले बताएको हो ।
उक्त जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।
साथै यात्रुहरुलाई अर्को जहाजबाट ल्याउनको लागि काठमाडौँबाट अर्को जहाज पठाइएको समेत बुद्ध एयरले जनाएको छ ।
जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।