×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाललाई एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

नेपाललाई एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं- नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियामा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो।

सिंगापुरले प्रस्तुत गरेको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा युवा ब्याट्सम्यान जोय थापा नायक बने। एक समय ९२ रनमा ८ विकेट गुमाएर संकटमा परेको नेपालका लागि उनले अविजित रहँदै सर्वाधिक २४ रनको महत्वपूर्ण पारी खेले र टोलीलाई जित दिलाए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन र ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन जोडेका थिए।

बलिङतर्फ नेपालका लागि अभय यादव र सुशील बहादुर रावलले उत्कृष्ट प्रदर्शन गर्दै समान ३-३ विकेट लिए। त्यस्तै, शुभम खनालले २ विकेट तथा कप्तान विपिन शर्माले १ विकेट हात पारे।

प्रतिकृया दिनुहोस्