काठमाडौं- हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ भएको छ । विल्सनकी श्रीमती सरिना लामाले बिहीबार बिहान झापाको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी जन्मिएपछि खुशी बाँड्दै विल्सनले अनलाइनखबरसँग भने, ‘छोरीको आगमनसँगै आफूलाई निक्कै भाग्यमानी ठानेको छु । आमा र छोरीको अवस्था निक्कै नै राम्रो छ ।’ विल्सनका अनुसार छोरीको तौल ३ केजीको छ । विल्सनका दुई वर्षका छोरा पनि छन् । विल्सनले छोरीको नाम सभ्यता बी राई राखेको पनि जानकारी दिए ।