×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारले सवारी लाइसेन्स खुलाउने,यस्तो छ मापदण्ड(हेर्नुहोस)

सरकारले सवारी लाइसेन्स खुलाउने,यस्तो छ मापदण्ड(हेर्नुहोस)

काठमाडौं - यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा(ट्रायल) खुलाउने भएको छ । विभागले कोभिड-१९ संक्रमणको अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी मापदण्ड लागू गर्दै लाइसेन्सकाे परीक्षा खुलाउने भएको हो ।

मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आभारमा एक सिफ्टमा बढीमा १०० जना परिक्षार्थीको परीक्षा गराउने सकिनेछ ।

एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।

परीक्षा सञ्चालन गर्दा भीडभाड नहुने गरी खुला ठाँउ भएको विद्यालय वा खन्य भवनलाई लिखित परिक्षाको लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।

यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

ट्रायल परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ ।

काेभिड १९ संक्रमणकाे विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा ( सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७८ यस्ताे छ ।

 

 

https://www.dotm.gov.np/Files/NoticePDF/%E0%A4%B8%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%9A%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%E0%A4%B8%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%B2%E0%A4%A8%E0%A4%AE%E0%A4%BE%E0%A4%AA%E0%A4%A6%E0%A4%A3%E0%A5%8D%E0%A4%A1Final2021-08-26_03-47-58-300.pdf

प्रतिकृया दिनुहोस्