×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विदेशी ऋण तिर्न नसक्ने श्रीलंकाकाे घाेषणा, माैज्दात रहेकाे डलर अत्यावश्यक वस्तु किन्न खर्चिने

विदेशी ऋण तिर्न नसक्ने श्रीलंकाकाे घाेषणा, माैज्दात रहेकाे डलर अत्यावश्यक वस्तु किन्न खर्चिने

एन्जेन्सी- श्रीलंकाले विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेर हात उठाएको छ। केही समयसम्म विदेशी ऋण तिर्न नसक्ने त्यहाँको सरकारले घोषणा गरेको हो। 

श्रीलंककाले कुल ५१ अर्ब अमेरिकी डलर बिदेशी ऋण तिर्नुपर्ने छ । दिनप्रतिदिन विदेशी मुद्राको सञ्चिति कम भएर आर्थिक संकट बढ्दै गएपछि मंगलबार त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)बाट बेलआउट प्याकेज पाउन नसकेको र अत्यावश्यक वस्तु किन्नकै लागि विदेशी मुद्राको अभाव भएकोले विदेशी तत्काल विदेशी ऋणका साँवा र ब्याजका किस्ताहरु भुक्तान गर्न नसक्ने त्यहाँको अर्थ सचिव महिन्दा सिरिवर्दले मंगलबार बताएका छन् ।

श्रीलकाकाको अर्थमन्त्रालयले मंगलबारपछि जुनसुकै विदेशी ऋणतादाले कि त ब्याज तथा साँवा भुक्तानीका लागि कुर्नुपर्ने वा श्रीलंकाली मुद्रामै भुक्तान लिन तयार हुनुपर्ने बताएको छ ।

त्यहाँका नवनियुक्त गभर्नर नन्दलाल वीरसिंघेले अत्यावश्यक सामान खरिदका लागि मात्र अहिले मौज्दात रहेको विदेशी मुद्रा खर्च गरिने छ ।

श्रीलंकाको कुल बाह्य ऋण(विदेशी ऋण) ५१ करोड डलर छ । अघिल्ला वर्ष देशको कुल ऋण ३५ अर्ब थियो । एक वर्षमा देशको ऋण १६ अर्ब डलरले बढेको हो। श्रीलंकालाई ज्यादा ऋण प्रवाह गर्नेमा चीन र जापान प्रमुख दातृ देशका रुपमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्