×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

सैफले १२ करोड पारिश्रमिक लिए ‘विक्रम वेधा’को रिमेकका लागि

सैफले १२ करोड पारिश्रमिक लिए ‘विक्रम वेधा’को रिमेकका लागि

एजेन्सी -  बलिउड अभिनेता  सैफ अली खानले चलचित्र ‘तानाजी’मा खलपात्रको रुपमा अभिनय गरेपछि उनलाई दर्शकले यस्तै भूमिकामा रुचाउन थालेका छन् । सायद, यही कारणले पनि हुनसक्छ बलिउड मेकरले पनि उनलाई खलपात्रको भूमिकामा अफर गर्न थालेका छन् ।

सैफले नायक प्रभाषको मुख्य भूमिका रहने चलचित्र ‘अधीपुरुष’मा पनि रावणको भूमिका निर्वाह गर्दैछन् । उनै, सैफ साउथको हिट चलचित्र ‘विक्रम वेधा’को रिमेकमा काम गर्दैछन् । यो चलचित्रमा विक्रमको भूमिकामा नायक ऋतिक रोषनले काम गर्ने पक्का भैसकेको छ । चलचित्रमा सैफ वेधाको भूमिकामा देखिदैछन् ।

आफ्नो बढ्दो क्रेजलाई ध्यानमा राख्दै सैफले यो चलचित्रका लागि १२ करोड पारिश्रमिक लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सैफले चलचित्रको कथा र आफ्नो भूमिकालाई हेरेर पारिश्रमिक लिन थालेका छन् । यो चलचित्रलाई पुष्कर र गायत्रीले निर्देशन गर्दैछन् । रिलायन्स इन्टरटेन्मेन्ट र निरज पाण्डेले यो चलचित्रको निर्माण गर्दैछन् ।

प्रतिकृया दिनुहोस्