×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोभिड जितेका पोलिस नागरिक भन्छन्- नेपालमा पनि यूरोपस्तरको अस्पताल रहेछ

कोभिड जितेका पोलिस नागरिक भन्छन्- नेपालमा पनि यूरोपस्तरको अस्पताल रहेछ

काठमाडौं: विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आएका पोल्याण्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आयो ।

शरीर थिलथिलो भएपछि उनको तत्काल पीसीआर चेक गरियो । कोभिड-१९ को संक्रमण पुष्टि भयो । उनीसँगै उनको टिमका ३ जनामा संक्रमण देखियो ।

अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था भने जटिल बन्दै गयो । स्वयम् उनलाई पनि आफू बाँच्छुजस्तो नलागेको उनले बताए ।

‘नेपालमा यूरोपमा जस्तो स्वास्थ्य सेवा नपाइएला, अब यतै मर्नुपर्ने अवस्था बन्ने भयो भन्ने लागेको थियो‚’ बुधबार स्वदेश फर्किनुअघि थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्जको कागजात बुझ्दै टोमास्जले भने‚ ‘तर, यहाँ पनि यूरोपका झैँ स्तरीय अस्पताल रहेछन् ।’

उनले आफूले हचुवाको भरमा नर्भिक अस्पतालको सेवालाई यूरोपका अस्पतालले दिने सेवासँग तुलना नगरेको पनि प्रष्ट्याए । ‘मैले यो कुनै कथा भनिरहेको छैन, यो यथार्थ हो‚’ उनले भने‚ ‘नर्भिकको मेडिकल प्रोसेड्यूर र सेवा यूरोपकै जस्तै रहेछ ।’

‘मैले यहाँ बस्दाका प्रत्येक प्रोसेड्यूरको विषयमा यूरोपस्थित मेरा निजी चिकित्सकहरुलाई जानकारी गराउने गरेको थिएँ, उनीहरुले पनि नर्भिकको मेडिकल प्रोसेड्यूर चेक गरे । नर्भिकका डाक्टरहरुलाई पनि यूरोपका मेरा डाक्टरहरुसँग निरन्तर सम्पर्क गराएका थिए ।

कोभिड संक्रमणबाट गम्भीर बनेका उनी करिब एकमहिना लामो उपचारपछि ठीक भएका हुन् । अस्पतालका डाक्टरहरुका अनुसार नर्भिक ल्याइपुर्‍याउँदा उनको अवस्था निकै जटिल थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको थियो ।

उनले नर्भिक अस्पतालबाट बिदा हुँदै गर्दा नेपालजस्तो सानो र विकासोन्मुख मुलुकमा समेत यूरोपकै स्तरको स्वास्थ्य सेवा रहेकोमा खुशी प्रकट गरे । नर्भिकका डाक्टर तथा नर्सहरुको व्यवसायिकता, मीठो बोलीवचन र हसमुख व्यवहारको समेत उनले खुलेर प्रशंसा गरे ।

‘यहाँका डाक्टरहरु पूर्ण व्यवसायिक रहेछन् । डा. शैलेन्द्र, डा. ऋतिकालगायतको सेवा निकै प्रोफेसनल लाग्यो ।’ उनले थपे‚ ‘नर्सहरू समेत कोमल हृदयका र सहयोगी भावना बोक्ने रहेछन् । उनीहरुको मुस्कान त झनै राम्रो ।’

उनले अस्पतालमा आफूलाई कुनै समस्या नरहेको र नेपाल आउने आफूजस्तै पर्यटक तथा आफ्ना साथीभाइलाई कुनै स्वास्थ्य समस्या परे नर्भिक नै जान आफूले सल्लाह दिनेसमेत बताए ।

 

प्रतिकृया दिनुहोस्