×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शाहरूख खानको चलचित्र 'जवान' भदौ २१ गतेदेखि प्रदर्शन हुने

शाहरूख खानको चलचित्र 'जवान' भदौ २१ गतेदेखि प्रदर्शन हुने

काठमाडौं- बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को नयाँ प्रदर्शन मिति तय गरिएको छ। शनिबार पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तोकिएको हो। यो फिल्म ७ सेप्टेम्बर अर्थात भदौ २१ गतेदेखि प्रदर्शन हुनेछ। यसअघि फिल्म २ जुन अर्थात जेठ १९ गतेदेखि प्रदर्शन हुने भनिएको थियो।
यो फिल्मले सेप्टेम्बरलाई प्रदर्शन मिति तय गरेसँगै अन्य बलिउड फिल्मलाई असर पारेको बलिउड फिल्मकर्मीको गुनासो छ।

यो प्यान इन्डिया फिल्म हो। एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूख खानसँगै नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रालगायत कलाकारको अभिनय रहने छ।
यो फिल्म हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।

शाहरूख पछिल्लो समय फिल्म 'पठान' मा देखिएका थिए। यो फिल्मले विश्वव्यापी रूपमा १ हजार करोडमाथि कमाइ गरेको थियो।शाहरूख खान राजकुमार हिरानी निर्देशित फिल्म 'डंकी' मा पनि देखिनेछन्। यो फिल्म डिसेम्बरमा प्रदर्शन हुनेछ।

प्रतिकृया दिनुहोस्