×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० त्रिकोणात्मक सिरिज:आज नेपाल र नामिबिया खेल्दै

टी-२० त्रिकोणात्मक सिरिज:आज नेपाल र नामिबिया खेल्दै

काठमाडौं - नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।  

खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।


नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।


आईसीसी विश्वकप क्रिकेट लिग–२ को सक्के लगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले यसलाई आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातका रुपमा लिएको छ । ।

आईसीसीको टी–२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औँ तथा नेपाल १६औँ स्थानमा छ ।

यस्तो छ खेल तालिका
फागुन १५ गते– नेपाल र नामिबिया
फागुन १६ गते– नेपाल र नेदरल्याण्डस
फागुन १७ गते– नामिबिया र नेदरल्याण्डस
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्डस
फागुन २० गते–  नामिबिया र नेदरल्याण्डस
फागुन २२ गते– फाइनल खेल ।

प्रतिकृया दिनुहोस्