×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंका कुन क्षेत्रमा कसको छ अग्रता ?

काठमाडौंका कुन क्षेत्रमा कसको छ अग्रता ?

काठमाडौं- काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये मतगणना भएका आठ क्षेत्रमा कांग्रेस र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन–तीन र एमालेले दुई निर्वाचन क्षेत्रमा प्रारम्भिक अग्रता लिएका छन् ।

मतगणना भएका काठमाडौं १, ४ र १० निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार क्रमशः प्रकाशमान सिंह, गगन थापा र राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।

काठमाडौं २ र ५ नम्बर क्षेत्रमा मतगणना हुन सकेको छैन । त्यस्तै काठमाडौं क्षेत्र नम्बर ७ (क)मा प्रारम्भिक मत परिणाम अनुसार एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ । 

 

एकीकृत समाजवादीका उम्मेदवार वसन्त मानन्धर ६८९ मतसहित अग्रस्थानमा छन् । ४७९ मतसहित एमालेका जीवन मानन्धर दोस्रो, ४२३ मतसहित हाम्रो नेपाली पार्टीका रवीन्‍द्रमोहन श्रेष्ठ तेस्रो र चौथो स्थानमा ३४४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोजिना गुरुङ छन् ।  

प्रतिकृया दिनुहोस्