बुटवल- प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामानुसार नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणको अग्रता कायम छ । उनले १९ हजार ३२४ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार दीपक बोहोराले १८ हजार ८३२ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ४२९ छ ।