×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धरानमा खोप लगाएकी महिला संक्रमितको मृत्यु

धरानमा खोप लगाएकी  महिला संक्रमितको मृत्यु

काठमाडौँ- धरानमा कोभिडविरुद्धको खोप लगाएकी ७२ वर्षीया कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गएराति मृत्यु भएको हो ।

उनलाई १४ गते मात्र कोभिड पुष्‍टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएकी थिइन् । प्रतिष्‍ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलका अनुसार संक्रिमतलाई मधुमेहको समस्या थियो ।

प्रतिष्‍ठानमा हालसम्म ४ सय ३० संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्