×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेतृत्व अलोकतान्त्रिक ढङ्गबाट अघि बढेको भन्दै सिन्धुली कांग्रेसका नेता पहाडीद्वारा राजीनामा

नेतृत्व अलोकतान्त्रिक ढङ्गबाट अघि बढेको भन्दै सिन्धुली कांग्रेसका नेता पहाडीद्वारा राजीनामा

सिन्धुली- नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीका सदस्य गोविन्द प्रसाद पहाडीले पदबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्व अलोकतान्त्रिक ढङ्गबाट अघि बढेको भन्दै पहाडीले पदबाट राजिनामा दिएका हुन् ।

जिल्ला समन्वय समिति सिन्धुलीमा पार्टीबाट पठाउने उम्मेदवारहरुको छनौट गर्दा संसदीय समितिको बैठकमा विधिवत तवरले छलफल नगरी अलोकतान्त्रिक ढङ्गबाट निर्णय गरेकोमा असहमति जनाउँदै राजीनामा दिएको उनले बताए । पहाडी सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित कांग्रेसका महासमिति सदस्य पनि हुन् ।

 

 

प्रतिकृया दिनुहोस्