×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री नपाए गठबन्धन टुट्छ : प्रचण्ड

प्रधानमन्त्री नपाए गठबन्धन टुट्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूले प्रधानमन्त्री नपाए पार्टी प्रतिपक्षमा रहने सङ्केत गरेका छन् । त्यसमा वर्षमान पुन र जनार्दन शर्मालगायत नेताले समर्थन समेत जनाएका छन् ।

प्रचण्डले पछिल्लो समय पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्ता नेपाली काँग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना निकै कम देखिएकाले गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएको एक शीर्ष नेताले जानकारी दिए ।

‘गठबन्धन लगभग टुट्यो भन्ने हाम्रो बुझाइ छ । चुनावी तालमेलमा पनि हामीले धोका पाएका छौँ । पहिलो प्रधानमन्त्री पनि हामीले नपाउने भएपछि किन गठबन्धनमा बस्ने ? हामी प्रतिपक्षमा बस्ने सम्भावना बढेर गएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

प्रतिकृया दिनुहोस्