काठमाडौँ- साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) परिसूचक उकालो लागेको छ । यस दिन परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक समेत ९.४६ अंकले बढेर ५३०.४६ अंकमा बिन्दुमा पुगेको छ ।
यस दिन २ सय ३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँमा कारोबार भएको छ । यस दिन बैंकिङबाहेक सबै समूहको उपसूचक हरियो भएका छन् । यस दिन चन्द्रागिरी हिल्ससहित १२ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी १० प्रतिशतसम्मले बढेको छ ।