×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन

कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन

काठमाडौँ- प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गरेका छन् । प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकल दर्जालाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरू र प्राप्त उपलब्धिहरूको समीक्षा गरेका थिए । उनले प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आगामी कार्यदिशाका बारेमा सकल दर्जालाई जानकारी गराएका थिए । प्रधानसेनापति शर्माले सम्बोधनका दौरान नेपाली सेनाको कफी टेबल बुक र लिडर्स रिडिङ कलेक्सनको विमोचन गरेका थिए ।

प्रतिकृया दिनुहोस्