काठमाडौं- बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन भएको छ । बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । ७० वर्षको उमेरमा विमान कम्पनी स्थापना गरेर नेपालीलाई सहज हवाई उडानको व्यवस्था मिलाएका थिए ।
भारतबाट एलएलबीसम्मको अध्ययन गरेका बस्नेत नेपाल बार एसोसिएसनको संस्थापक सदस्य र सर्वोच्च अदालतको पूर्वन्यायाधीशसमेत हुन् । यस्तै उनले उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री, कानून, न्याय तथा शिक्षामन्त्री, प्रमुख निर्वाचन आयुक्त र नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष भएर काम गरेका थिए ।