×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

अटो ब्राण्ड सिट्रन 'सि फाइभ' एयरक्रस नेपाली बजारमा भित्रियो

अटो ब्राण्ड सिट्रन 'सि फाइभ' एयरक्रस नेपाली बजारमा भित्रियो

काठमाडौं- नेपाली बजारमा युरोपको चर्चित अटो ब्राण्ड सिट्रन भित्रिएको छ । सिट्रन फ्रान्सको चर्चित ब्राण्ड हो। सिट्रन ब्राण्डलाई पहिलो पटक साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।  पहिलो पटक सिट्रनको नविनतम उत्पादन ‘सी फाइभ एयरक्रस एसयूभी’ बजारमा भित्रिएको छ ।
कम्पनीले हालैमात्र ब्राण्डको व्यवसायिक औपचारिकता शुरु गरेको छ । आइतबार एक समारोहको आयोजना गर्दै कम्पनीले थापाथलीस्थित सिट्रनको नयाँ शोरुमसँगै गाडी सार्वजनिक गरेको हो । 

१६०० सीसी पेट्रोल इन्जिनमा उपलब्ध सी फाइभ प्रिमियम सेग्मेन्टमा उत्कृष्ट र सुरक्षित एसयूभी रहेको कम्पनीले जनाएको छ । आकर्षक र बोल्ड लुक्सले गाडीको सुन्दरता झल्काएको छ भने लग्जरियस र सेफ्टी फिचर्सले प्रयोगकर्ताहरूको मन जित्ने कम्पनीको जनाएको छ ।

प्रतिकृया दिनुहोस्