काठमाडौं - नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। उनलाई सामान्य आहार दिन सुरू गरिएको छ।
बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए।
सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो। फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ।
सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको र सामान्य आहार दिन थालिएको चिकित्सकहरूलाई उद्धृत गर्दै दाजु मीनप्रसाद भण्डारीले बताए।