×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बामदेवको पार्टीमा १२ पदाधिकारी (पूर्णपाठ)

बामदेवको पार्टीमा १२ पदाधिकारी (पूर्णपाठ)

काठमाडौं- एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा १२ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ। सोमबार पत्रकार सम्मेलन गरेर पार्टी र पदाधिकारीको घोषणा गरिएको हो।

सो पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सचिव एकर/एक जना रहने जनाइएको छ। सो पार्टीमा ७५ जना केन्द्रीय र १५ जनाको स्थायी कमिटी सदस्य रहनेछन्। अहिले सो पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डिबी कार्की र सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन्।

नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका गौतमले नयाँ पार्टीको घोषणा गरेका हुन्। यस्तै गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरु दलहरूसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ।

यस्तै गौतमले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काउने (नेकपा) खारेज गर्ने सर्वोच्चको फैसला त्रुटिपूर्ण र हानिकारक सावित भएको ठहर गरेका छन्। गौतमले विज्ञप्तिमा भनेका छन्,’सर्वोच्च अदालतको निर्णयले पुन:स्थापित नेकपा एमाले पुनः विभाजन उन्मुख भयो र केही महिनापछि साँच्चिकै विभाजित भएरै छोड्यो, नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ।’

साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव वृद्धि भइरहेको विज्ञप्तिमा उल्लेख छ। ‘यी तथ्यहरूको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ। सर्वोच्चको त्यही फैसलाका कारण नै नेकपाको एकता अभियानमा समस्या पैदा भएको र असफल भएको कुरा पनि विज्ञप्तिमा उल्लेख छ।

स‌ंबोधनका क्रममा गौतमले एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने या त नेपाली कांग्रेसले गठबन्धनबाट बहुमतै ल्याउने बताए। उनले गठबन्धन नभएपछि सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस नै स्थापित हुने दाबी गरे। त्यसको ५ वर्षसम्म नेपाली कांग्रेसकै नेतृत्वमा कांग्रेस र कांग्रेसको संरचनाहरु रहने भन्दै उनले त्यसपछि कांग्रेसलाई दोस्रो निर्वाचनमा गठबन्धनको आवश्यकता नपर्ने बताए।

यस्तो छ बामदेवको पार्टीको केन्द्रीय समिति

 

 

प्रतिकृया दिनुहोस्