×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ । यसअघि पनि भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । 

तर, नेपाल आयल निगमले सो समयमा भने मूल्य घटाएको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारीनै रहेको छ । यो भाउ अझै घट्ने अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य  प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ ।

प्रतिकृया दिनुहोस्