×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्याङ्जाको माटोमा साउदीको स्वाद : लटरम्म फल्यो खजुर

स्याङ्जाको माटोमा साउदीको स्वाद : लटरम्म फल्यो खजुर

स्याङ्जा – खाडी मुलुकमा मात्र फल्छ भनिने खजुर स्याङ्जाको पहाडी भूमिमा लटरम्म फलेको छ। गल्याङ् नगरपालिका–११, जिमुवाका बाबुराम ढकालले ७ वर्षअघि साउदी अरबबाट ल्याएको बिउले लगाएको खजुरको बोटले यस वर्ष राम्रो फल दिएको हो।

रोजगारीका लागि साउदी पुगेका करिब ६० वर्षीय ढकालले छुट्टीमा घर आउँदा केही खजुरका बिउ ल्याएका थिए। बालुवा र मलमाटो मिलाएर रोपेका दुईवटा बिरुवा हुर्किएर गत वर्षदेखि फल दिन थालेका थिए भने यस वर्ष बोटै ढाक्ने गरी फलेका छन्। "मरुभूमि बाहिर पनि खजुर फलेको देखेर आफ्नो गाउँको गर्मीमा पनि यो सम्भव छ कि भन्ने लागेर रोपेको थिएँ," ढकालले भने।

बिउ रोपेको ७ वर्षमा पाएको यो सफलताले ढकाललाई उत्साहित बनाएको छ। गाउँमै साउदीको स्वाद चाख्न पाउँदा स्थानीय पनि दङ्ग छन्। अब उनी यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजनामा छन्। ढकालको यो प्रयासले नेपालको पहाडी भेगमा पनि खजुर खेतीको सम्भावनालाई उजागर गरेको छ।

प्रतिकृया दिनुहोस्