×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २६० जनामा कोरोना‚ ३४९ जना कोरोनामुक्त

थप २६० जनामा कोरोना‚ ३४९ जना कोरोनामुक्त

काठमाडौँ-  नेपालमा शुक्रबार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६० पीसीआर परीक्षणका क्रममा २ सय ३७ जना र ३ हजार ८ सय ३८ एन्टीजेन परीक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या ९ लाख २३ हजार १६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार २ सय ७१ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४८ सक्रिय संक्रमित आइसोलेसन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्