काठमाडाैँ - प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीकाे शासनकालकाे जस्ताे आंतक अहिले नभएकाे बताएका छन्।
शुक्रबार काठमाडाैँमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै उनले भने, ‘एउटा कुरा भन्छु म, ओलीकाे शासनकालमा कस्ताे आंतक थियाे। अहिले त्यस्ताे छैन नि । त्यसैले याे गठबन्धन आवश्यक छ।’ उनले कांग्रेसकाे महाधिवेशनले पनि अहिलेकाे गठबन्धनलाई अनुमाेदन गरेकाे बताए। ‘हामीले गठबन्धनकाे निर्णय पालना गर्नुपर्छ । मलाई पार्टीले गठबन्धनकाे अधिकार पनि दिएकाे छ। मैले भनेकाे छु, सबैले गठबन्धनका उम्मेदवारहरूलाई जिताउनुस् । गठबन्धन भनेकाे अहिलेकाे आवश्यकता हाे। याेचाहिँ बुझ्नैपर्छ। कतिपय कांग्रेसकै साथीहरूले विराेध गर्नुभएकाे छ। यसाे नगराैँ । प्रचण्डकाे छाेरी भएर जन्मिनु, प्रकाशमानकाे श्रीमती हुनु आफ्नाे गल्ती हाेइन।’
उनले काठमाडाैँमा सिर्जना हार्न नहुने बताए। ‘काठमाडाैँमा सिर्जना सिंह, भरतपुरमा रेनु दाहाल हार्नु हुँदैन। हारे भने राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्ले के भन्ला ?,’ प्रधानमन्त्री देउवाले प्रश्न गरे। उनले ओलीबाट मुक्ति पाउनुपर्छ भनेर आफूलाई सबैले भनेकाे सुनाए।