×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेयर बालेन विरुद्ध विरोध प्रर्दशन

मेयर बालेन विरुद्ध विरोध  प्रर्दशन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रर्दशन भएको छ ।

महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् ।


संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले नै लिएको भन्दै  सुकुमबासीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरेका हुन् ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु भएको प्रर्दशनलाई निरन्तरता दिइएको संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

अध्यक्ष कार्कीले संविधान, कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पुर्जा दिनुको साटो मेयर साहले उठिबास लगाउने प्रयास गरिरहे कडा आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

विरोध प्रर्दशनमा पक्राउ परेेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएको सबै मुद्दा खारेज गर्नुपर्ने मागसमेत मोर्चाको छ ।

प्रतिकृया दिनुहोस्