काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज प्रति तोला ७ सय रुपैयाँले वृद्धि भएको हो । बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँ बढेको हो ।
योसँगै आज सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ