×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

क्याटरपिलर फाउन्डेसनद्वारा नेपालमा कोभिड राहत प्रदान

क्याटरपिलर फाउन्डेसनद्वारा नेपालमा कोभिड राहत प्रदान

क्याटरपिलर फाउन्डेसनले कोभिड-१९ संक्रमणसँग जुधिरहेका मुलुकलाई राहत प्याकेज दिने घोषणा गरेको छ ।

यस फाउन्डेसनले संसारभर छरिएका संस्थाहरूमार्फत् कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलरको राहत साहयता प्रदान गरिसकेको जनाएको छ ।

कोभिड-१९ बाट अतिप्रभावित देशको सुचीमा रहेको नेपाललाई पनि आवश्यक राहत सहायता प्रदान गरिएको छ ।

असिस्ट इन्टरनेसनलको सहकार्यमा फाउन्डेसनले नेपालको ग्रामीण र शहरी क्षेत्रमा रहेका ६ अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्री (अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू भेन्टिलेटर, प्यासेन्ट मनिटर, नेवुलाइजर)उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस, रुपाकोट गाँउपालिका स्वास्थ्य केन्द्र, स्याङ्जा जिल्ला अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल, शीर मेमोरियल अस्पताल बनेपा र कान्ति बाल अस्पताल, काठमाडौँलाई प्रदान गरिएको हो ।

अस्पतालहरूको छनौट गर्न ट्र्याक्टर्स नेपाल प्रालि (टिएनपिएल)ले मद्दत पुर्‍याएको थियो । टीएनपीएल क्याटरपिलर आइएनसीको नेपालको डिलर कम्पनी हो ।

पोखरा एकेडेमी अफ हेल्थ साइन्सका निर्देशक प्रोफेसर डा.भरतबहादुर खत्रीले महामारीको समयमा स्वास्थ्य सामग्रीको अभावसँग लडिरहेको अवस्थामा महत्वपूर्ण स्वास्थ्य सामग्री आउँदा कोभिडबाट ग्रसित स्थानीय समुदायको जीवन रक्षामा वरदान सावित भएको बताए ।

क्याटरपिलर फाउन्डेशनका अध्यक्ष आशा वर्गिजले समुदायको सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि कठिन परिस्थितिमा हिम्मतका साथ खटिने असिस्ट इन्टरनेसनलजस्ता धेरै गैरनाफामुखी संस्थाहरूलाई सहयोग गर्न पाँउदा गौरव महसुस भएको बताए ।

क्याटरपिलर फाउन्डेसन संस्था सन् १९५२ मा स्थापना भएको संस्था हो । यसले तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा फस्टाउन सक्ने समुदायको निर्माण गर्न प्रेरित गर्दछ । यो संस्थाले समुदायको दिगो विकासको लागि करिब ८१ करोड डलर योगदान गरिसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्