×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय

धनगढी । जिल्ला अदालत बाजुराले आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय सुनाएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाका एक ६७ वर्षीय पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको पुष्टि भएकाले जन्मकैद फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

अभियोग पुष्टि भएसँगे  उनलाई जबरजस्ती करणी र हाडनाता करणीअन्तर्गत मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात् २५ वर्ष कैद र ५० हजार नगद जरिवाना तोकेको छ ।

जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जबरजस्ती करणी र हाडनाता करणीअन्तर्गत मुद्दा दर्ता भएको थियो । कक्षा ६ पढ्दै गरेकी बालिका बाबुको बलात्कारबाट गर्भवती भएपछि घटना सार्वजनिक भएको थियो ।

 

प्रतिकृया दिनुहोस्